वरिष्ठ नेफ्रोलोजिष्ट डा बस्नेत अब क्रिमसन अस्पतालमा

img

तिलोत्तमा । मँसीर २६ गते ।

मृगौला सम्बन्धि विशेषज्ञता हासिल गरेका डा शक्ति बस्नेतले अब क्रिमसन अस्पतालबाट सेवा प्रवाह गर्ने भएका छन् । यही षौष ३ गतेबाट हरेक दिन बिहान १० बजेदखि दिउँसो १२ बजेसम्म क्रिमसन अस्पतालमा डा बस्नेतलाई भेटेर मृगौला सम्बन्धि रोगका विषयमा सेवा तथा परामर्श लिन सकिनेछ । अत्याधुनिक सेवा प्रवाह तथा दक्ष चिकित्सिकहरुलाई नियुक्त गरेर आफुलाई यस क्षेत्र मै अब्बल बनाउदै आएको क्रिमसनले यही पौष ३ गतेबाट भने डा बस्नेतलाई नेफ्रो अर्थात मृगौला सम्बन्धि समस्याको उपचार र रोग निदानका हेतुले नियुक्ति गरेको अस्पतालका जनसम्पर्क अधिकृत चन्द्रकान्त बस्यालले जानकारी दिए । बस्यालले स्थानीयलाई सर्वसुलभ स्वास्थ्य सेवा उपलब्ध गराउने अस्पतालको उद्देश्यले बिस्तारै मुर्तरुप लिदै गएको बताए । डा शक्ति बस्नेत देश कै चिरपरिचित नेफ्रोलोजिष्ट डाक्टर हुन् । औँलामा गन्न सकिने गरि नेफ्रोलोजिष्ट डाक्टरहरु रहेको नेपाल जस्तो अति कम विकशीत देशमा वरिष्ठ नेफ्रोलोजिष्टको रुपमा डा बस्नेतलाई क्रिमसन अस्पतालमा नियुक्ति गर्न पाउनु सबैका लागी सुखद समाचार भएको बस्यालको भनाई छ । ईसं २०१० मा शिक्षा मन्त्रालयको छात्रबृत्ति अन्तर्गत नेफ्रो सम्बन्धि अध्ययन गरेपश्चात् डा बस्नेतले नेफ्रोलोजिष्टको रुपमा सेवा प्रवाह गर्न लागेको १४ बर्ष पुरा भयो । राजधानी काठमाण्डौंस्थित बीर अस्पतालको मृगौला रोग विभागमा ५ बर्ष काम गरेको अनुभव संगालेका डा बस्नेतले त्यत्ति नै समय सामाजिक कार्य अन्र्तगत नेपाल किड्नी फाउण्डेसनको स्थापना गरि संस्थापक अध्यक्षको हैसियतममा काम गरे । मृगौला सम्बन्धि जनचेतना जगाउदै आएको उक्त संस्थाले अहिले पनि स्थानीय स्तरमा जनचेतना जगाउदै र मृगौला रोग सम्बन्धि समस्याहरुबाट जोगिने उपाएका विषयमा सचेत बनाउने गरि विभिन्न किसिमका सामाजिक कामहरु गर्दै आइरहेको छ । निरन्तर कर्म गर्ने सिलसिलामा पछिल्लो समय मोफसललाई कार्यथलो बनाएर बुटवल क्षेत्रमा सक्रिय डा बस्नेतले गौतम बुद्ध मुटु अस्पतालको मृगौला रोग विभागको प्रमुख पदमा रही काम गरेको अनुभव छ भने त्यस लगत्तै ६ बर्षसम्म बुटवलस्थित लुम्बिनी प्रादेशिक अस्पतालमा मृगौला रोग विभाग स्थापना गरि प्रमुखका रुपमा रही काम गर्दै आएको अनुभव पनि छ । मृगौला सम्बन्धि विशेषज्ञता हासिल गरेका डा शक्ति बस्नेतले आफनो अनुभवलाई थप परिष्कृत एवँ सेवामैत्री बनाउने उद्देशयसहित अब तिलोत्तमा ५ मणिग्राममा रहेको क्रिमसन अस्पतालबाट समेत सेवा प्रवाह गर्न लागेको बताएका छन् । उनले यही पौष ३ गतेबाट क्रिमसन अस्पतालबाट समेत सेवा प्रवाह गर्ने जनाएका हुन् ।

 

तपाईलाई यो खबर कस्तो लाग्यो

क्रिमसन कलेज अफ टेक्नोलोजीद्वारा सञ्चालित वि. स. २०६८ देखि उत्कृष्ट सेवामा समर्पित क्रिमसन अस्पताल, तिलोत्तमा-०५, रुपन्देहीमा रहेको १०० बेडको सुविधा सम्पन्न अस्पताल हो। यसले सबै प्रकारका मेडिकल सेवा र २४/७ आपतकालीन सेवा प्रदान गर्दै आएको छ। हामीसँग तपाईं फेसबुकमा पनि जोडिन सक्नुहुन्छ ।

Leave A Comment

Related Post