नवजात शिशु उपचारमा अब्बल बन्दै क्रिमसन अस्पताल

img

तिलोत्तमा । पौष २२ गते ।

गुणस्तरीय चिकित्सक सहित आधुनिक उपचार सेवालाई निरन्तरता दिने क्रममा क्रिमसन अस्पतालले वरिष्ठ नवजात तथा वालरोग विशेषज्ञका रुपमा डा। प्रयस बज्राचार्यलाई नियुक्त गरेको छ । रुपन्देहीको तिलोत्तमा ५ मणिग्राममा रहेको अस्पतालले उच्च कोटीको चिकित्सकीय सेवा प्रवाह गरेको सबैमा सर्वविदितै छ ।

यो क्रमलाई निरनतरता दिने क्रममा आम सेवाग्राहीको भावना, चाहना तथा आवश्यकतालाई मध्यनजर राख्दै बालबालिकामा देखा पर्ने सबैखाले स्वास्थ्य समस्याको निदानका लागी अस्पतालले वरिष्ठ बालरोग विशेषज्ञ डा। प्रयस बज्राचार्यलाई पौष ३ गतेबाट नियुक्ति दिएको जनाएको छ ।

लुम्बिनी मेडिकल कलेज पाल्पा प्रभास, दाङ्ग तथा पुर्वमा लहान लगायतका विभिन्न अस्पतालहरुमा वरिष्ठ नवजात तथा वालरोग विशेषज्ञ भई काम गरेको लामो अनुभव सँगालेका डा। बज्राचार्यले अब मणिग्रामस्थित क्रिमसन अस्पतालबाट नियमित सेवा प्रवाह गर्ने छन । अस्पतालमा अब नियमित रुपमा डा। अनिल खनाल र डा।प्रयस बज्राचार्यले बाल बालिकाको स्वास्थ्य उपचार र रेखदेख एवँ परामर्श सेवा उपलब्ध गराउने छन् ।

डा। खनाल र डा। बज्राचार्य दुवै जनाले अहिले अस्पतालमा बालबालिकाहरुका लागी आवश्यक एनआईसियु, आईसियु, बालबासलिकालाई तातो बनाइराख्ने मेसीन रेडियन्ट वार्मर, जण्डिस घटाउने अत्याधुनिक फोटो थेरापी मेसीन, श्वासप्रश्वासमा समस्या भएको खण्डमा उपयोग गरिने प्रविधिजडित भेन्टिलेटर, लगायतका सबैखाले उपकरण सहित सेवा प्रवाह गर्न अस्पताल सक्षम रहेको बताए ।

अस्पतालमा अक्सिजन प्रवाह गर्ने अत्याधुनिक मेसीन, बालबालिकाका लागी आवश्यक सुविधा सम्पन्न वेडहरु उपलब्ध रहेका छन् । डा।प्रयस बज्राचार्यले अत्याधुनिक उपकरण सहित काम गर्दाको अनुभव गज्जवको रहेको प्रतिकिैया दिए ।उनले भर्खरै जन्मेका नवजात शिशुहरुलाई अनेकखाले समस्याले सताउने गरेको बताउदै क्रिमसनमा उपलब्ध प्रविधिजडित उपकरणहरु सबैखाले रोग उपचारमा सहज ढंगबाठ प्रयोग गर्न मिल्नेखालका भएको जनाए ।

नवजात बालबालिकाहरुमा विशेषगरि श्वासप्रश्वासको समस्याहरु, छाला पहेलो हुने जण्डिस, यसैगरि निमोनिया, झाडापखाला, र्मिगौला सम्बन्धि समस्याहरु, पिशाब सम्बन्धि समस्याहरु, छाला तथा एलर्जीका समस्याहरु, ज्वरो लगायतका समस्याहरु देखा पर्ने र सोको उपचार अवस्था हेरिकन गर्ने गरेको डा। बज्राचार्यले बताए ।

अस्पतालका जनसम्पर्क अधिकृत चन्द्रकान्त बस्यालले अस्पताललले प्रवाह गरिरहेको विशिष्टिकृत सेवालाई थप परिमार्जित गर्ने क्रममा डा। खनाल र डा। बज्राचार्य जस्ता २ जना वरिष्ठ चिकित्सकलाई नवजात शिशु तथा बालबालिका हेर्नेगरि नियुक्ति दिईएको बताए । बस्यालले आफ्नै गाँउठाउँमा सर्वसुलभ सहितको अत्याधुनिक स्वास्थ्य उपचार सेवा प्रवाह गर्ने अस्पतालको निति रहेको बताए ।

यसक्षेत्रमा रहेको विभिन्न अस्पतालहरुमा विरामीहरुको अत्याधिक चाप रहने गरेको परिपेच्छमा क्रिमसन अस्पतालले महिला तथा बालरोग अस्पतालका रुपमा समेत आफुलाई अब्बल बनाउदै लाग्नु आफैमा गर्वको कुरा भएको बस्यालले बताए ।

 

 

तपाईलाई यो खबर कस्तो लाग्यो

क्रिमसन कलेज अफ टेक्नोलोजीद्वारा सञ्चालित वि. स. २०६८ देखि उत्कृष्ट सेवामा समर्पित क्रिमसन अस्पताल, तिलोत्तमा-०५, रुपन्देहीमा रहेको १०० बेडको सुविधा सम्पन्न अस्पताल हो। यसले सबै प्रकारका मेडिकल सेवा र २४/७ आपतकालीन सेवा प्रदान गर्दै आएको छ। हामीसँग तपाईं फेसबुकमा पनि जोडिन सक्नुहुन्छ ।

Leave A Comment

Related Post