लुम्बिनी प्रादेशिकका वरिष्ठ नाक, कान, घाँटी रोग विशेषज्ञ डा श्रेष्ठ अब क्रिमसनमा

img

तिलोत्तमा । बैशाष १७ गते । नाक, कान, घाँटी भनेको अत्यन्त सँवेदनशील अँग हो । हाम्रो सानो हेलचेक््रयाई अथवा भनौँ लार्पवाहीका कारण पनि यी अँगहरुमा ठ्ला समस्या निम्तिन सक्छ जुन पछि गएर चिन्ताको विषय बन्न सक्छ, भनिन्छ नी रोग लागेर उपचार गर्नुभन्दा रोग लाग्नै नदिनु सर्वोत्तम उपाए हो । त्यसो त शरीरमा रोग प्रतिरोधात्मक क्षमता जब विस्तारै कम हुदै जान्छ अनेक रोगले च्याप्न थाल्छ । यस्तो अवस्था आउन नदिन हामीले समय समयमा चिकित्सकसँग परामर्श एवँ सुझाव लिएर बढुनु उपयुक्त हुन्छ । यस्तो अवस्थामा यस क्षेत्रका स्थानीयको स्वास्थ्य सहजतालाई थप बलियो बनाउदै विशिष्टिकृत र सरलीकृत सेवा प्रवाह गर्न क्रिमसन अस्पतालले खारिएका र लामो अनुभव प्राप्त डाक्टरलाई अस्पतालमा नियुक्ति गरेको छ ।
लुम्बिनी प्रादेशिक लगायत अन्य विभिन्न अस्पतालमा काम गरेको अनुभव सँगालेका वरिष्ठ नाक, कान, घाँटी रोग विशेषज्ञ डा मधुसुदन श्रेष्ठले नियुक्ति लिएका छन । उनका अनुसार सामान्य बाहेकका जटिल मानिएका रोगहरुको अत्याधुनिक दुरविन प्रविधिका माध्यामबाट नाक, कान, घाँटीमा हुने जस्तोसुकै समस्यालाई पहिचान गरि रोग उपचार गर्न सकिन्छ ।
नाकमा लाग्ने रोगहरु
नाकको पिनास, नाकको हड्डी बाँगो हुने, नाक बन्द हुने, धेरै हाच्छ्युँ आउने, नाथ्री फुट्ने, नाकबाट रगत आउँने, नाकमा मासु पलाउने, सास फेर्न समस्या हुने, गन्ध थाहा नपाउने लगायतका विभिन्न रोगहरु हुन्छन् । जसको अत्याधुनिक प्रविधि अर्थात दुरविन लगायतका माध्यामबाट सजिलै उपचार गर्न सकिन्छ । डा श्रेष्ठको भनाईलाई आधार मान्ने हो भने इन्फेक्सन तथा एलर्जीका कारण नाकमा अनेकखाले समस्या देखिने गरेका छन ।
कानमा लाग्ने रोगहरु
डा श्रेष्ठका अनुसार कानलाई बाहिरी कान, मध्यम कान र भित्री कान गरी तीन भागमा बाँडिएको हुन्छ । बाहिरी कानको रोगहरुमा खासगरिकन कान दुख्ने, कानमा घाउ आउने ,कानमा पिप्प आउने पिलो आउने, कानमा ढुसी लाग्ने रोगहरु हुन्छन् । मध्यकानको रोगहरुमा–कानको जाली फुट्ने, हड्डीखाने रोग हरु हुन्छन् भने भित्रीकानको रोगहरुमा नसा कमजोर हुने, चक्कर लाग्ने, बुढेसकाल लाग्दै गए पछि कान नसुन्ने जस्ता रोगहरु हुन्छन् । यसैगरि कानको इन्फेक्सनले पनि विभिन्न समस्याहरु निम्त्याउन सक्ने डा श्रेष्ठ बताउनुहुन्छ ।
घाँटीको रोगहरु
घाँटीमा टन्सील हुन्छ । यो भयो भने घाँटी दुख्ने, निल्न गाह्रो हुने साथै ज्वरो पनि आउँछ । यसका अलावा घाँटी दुख्ने, घाँटीको थाइराइड, मासु पलाउने, घाँटीको क्यान्सर लगायत पनि हुन सक्छ । यस्तो अवस्थामा घाँटीको क्यान्सर पत्ता लगाउने उच्च कोटीको प्रविधि क्रिमसनमा रहेको डा श्रेष्ठले बताए । यसैगरि कहिलेकाहीँ बोल्ने नलिमा सानातिना फोकाहरु आउँन सक्छन् । यसलाई हामी नोडुल भन्छौं । यो भयो भने स्वर धोद्रो हुन्छ ।
रोगलाई हेलचेक्राई गर्दा के हुन्छ ?
डा श्रेष्ठ भन्छन, कानको रोगमा कानै नसुन्ने हुन सक्छ । कानबाट माथि इफेक्शन भएर ब्रेनमा पनि जान सक्छ । नाकको रोगमा धेरै रगत जाने हुन सक्छ । नाकमा मासु पलाएको अवस्थामा नाकको नजिकै आँखा, ब्रेन हुन्छ त्यो त्यताजान सक्छ । घाँटीको रोगमा टन्सीलहरु भइरहेमा बिरामीलाई एकदमै दुख्ने हुन्छ । कतिपय टन्सीलले मुटुमा पनि असर पु¥याउन सक्छ । तीन हप्ताभन्दा बढी स्वर बसेमा, खोक्दा रगत आएमा, चुरोट, खैनी खाने मान्छे छ भने भित्री घाँटीमा क्यान्सर भैसकेको पनि हुन सक्छ । त्यसैले नाक, कान, घाँटीको रोगलाई सामान्य ठानेर हेलचक्राई गर्नु हुँदैन, डा श्रेष्ठले भने तुरुन्त चिकित्सकको सम्पर्कमा गइहाल्नु पर्दछ । उनका अनुसार रोग सामान्य हुदाँ चिकित्सकलाई भेटे सामान्य खर्च मै रोग निको हेने र भविष्यमा पछुताउनुपर्ने अवस्था आउदैन ।
नाक, कान, घाँटी सम्बन्धि रोगबाट बच्न के गर्ने ?
बुटवलको लुम्बिनी प्रादेशिक लगायतका विभिन्न अस्पतालहरुमा लामो समय सेवारत डा श्रेष्ठसँग जटिल भन्दा जटिल प्रकृतिका रोगहरुको सफलतापुर्वक उपचार गरेको लामो अनुभव छ । रोग लाग्नु भन्दा यसबाट बच्नु उत्तम उपाए) हो, उनले भने, हामीले थोरै सावधानी अपनाउँदा धेरै ठुला ठूला रोग लाग्नबाट बच्न सक्छौं । नाक, कान, घाँटी रोगबाट बच्न निम्न उपाएहरु अपनाउन सकिन्छ ।

१. सकेसम्म कानमा पानी नपार्ने, तेल पनि सकेसम्म नराख्ने
२. विभिन्न औजार वा सलाई काँटी लगायतले कान नकोट्याउने वा नघोच्ने
३. स्वीमिङ गर्दा वा नुहाउदा ध्यान दिने
४. नाकको हकमा चिसो बाट बच्ने, सकेसम्म पानी तताएर खाने, बाफ लिने
५. नाकबाट रगत बगेमा घरमै प्राथमिक उपचार गर्ने र तत्काल डाक्टरकोमा गइहाल्ने
६. रुघा लागेमा सिं–सिं नगर्ने सिं सिं गर्दा कानतिर जान सक्छ । जालिमा इन्फेक्सन भएर जालि फुट्ने डर हुन्छ ।
७. घाँटी को हकमा सामान्य अवस्थामा नुन पानीले कुल्ला गर्ने
८. घाँटीमा केही अड्केको जस्तो लागेमा, १ हप्ता भन्दा बढी समय घाँटी खसखस गरिराखेमा वा दुखेमा सामान्य रूपमा नलिई चिकित्सकलाई देखाउनु पर्दछ ।

नाक, कान, घाँटी रोग विशेषज्ञ डा श्रेष्ठको सुझाव
नाक, कान, घाँटी रोगको उपचार गर्दा धेरै जसो औषधिबाटै रोग निको हुन्छ । औषधिबाट निको नहुने रोग छ भने शल्यक्रिया गरिहाल्नुपर्छ । शल्यक्रिया गरेर कानको हकमा कानको नयाँ जाली बनाइन्छ । हड्डीखाने रोग छ भने त्यसलाई पनि शल्यक्रिया गरेर निकाले कै वेश हुृन्छ । नाकको हकमा नाक बाङ्गो छ भने शल्यक्रिया गरेर सिधा बनाइन्छ । मासु पलाएको छ भने इन्डोस्कोपीबाट मासु निकाल्नुपर्छ । यी सबै सुविधा क्रिमसन अस्पतालमा उपलब्ध छन । घाँटीको हकमा टन्सीलाइटीस (टन्सील सुनीएको) भनी वर्षमा १÷२ चोटी आएमा औषधिको प्रयोग गर्ने तर त्यो भन्दा बढी भए सल्यक्रियाद्वारा टन्सील निकाल्नुपर्छ । घाँटीमा नोडुल छ भने पहिला हामी भ्वाइस रेस्ट दिन्छौं । त्यसपछि भ्वाइस थेरापी दिन्छौं श्रेष्ठले भने त्यतीले पनि निको नभएमा शल्यक्रियाद्वारा निकाल्नुपर्छ । क्यान्सरको हकमा पनि पहिलो स्टेज मै थाहा पाए रेडियोथेरापी दिने, दोस्रो स्टेजमा पुगिसकेको रहेछ भने सल्यक्रिया नै गर्नुपर्ने हुन्छ । घाँटीमा केही समस्या भए हामी थाइरोइड भन्न हत्तार गछौँ र जाँच गछौँ तर समान्य रोगलाई वास्ता गर्दैनौँ जुनपछि जटिल बन्न सक्छ डा श्रेष्ठले भने हामीमा जनचेतनाको पनि एकदमै कमी छ । नाक, कान, घाँटी रोगलाई रोगै होइन जस्तो ठानिन्छ जुन गलत हो । हेर्दा सामान्य नै लागे पनि यी रोगहरुले मान्छेको शरीरलाई अनेक किसिमले हानी पु¥याइरहेको हुन्छ । यसर्थ नाक, कान घाँटी रोगबाट बचौं र बचाऔं । समय समयमा चिकित्सकको जान दुख नमानौँ । तिलोत्तमा ५ मणिग्राममा अवस्थित क्रिमसन अस्पतालमा नाक, कान, घाँटी सम्बन्धि सम्पुर्ण समस्याको उपचार गर्ने उच्च कोटीका प्रविधि छन, डा श्रेष्ठले भने क्रिमसनमा जुनसुकै बेला आएर यस सम्बन्धि जानकारी, परामर्श तथा उपचार सेवा लिन सकिन्छ ।
अन्त्यमा
दुर्घटना लगायतका कारण नाकको हड्डी भाच्चिने, अनुहारका हड्डी टुट्ने फुट्ने, ओठ चिउडो काटिएको, खोडे लगायतका विभिन्न समस्याको रोग उपचार तथा निदानका लागी अब अन्त कतै टाढा जान नपर्ने र क्रिमसन मै सहज, सरल तथा अत्याधुनिक प्रविधिसहित गुणस्तरीय माध्यामबाट उपचार हुने भएकाले यो सबैका लागी खुसीको कुरा भएको डा श्रेष्ठ बताउँछन ।

तपाईलाई यो खबर कस्तो लाग्यो

क्रिमसन कलेज अफ टेक्नोलोजीद्वारा सञ्चालित वि. स. २०६८ देखि उत्कृष्ट सेवामा समर्पित क्रिमसन अस्पताल, तिलोत्तमा-०५, रुपन्देहीमा रहेको १०० बेडको सुविधा सम्पन्न अस्पताल हो। यसले सबै प्रकारका मेडिकल सेवा र २४/७ आपतकालीन सेवा प्रदान गर्दै आएको छ। हामीसँग तपाईं फेसबुकमा पनि जोडिन सक्नुहुन्छ ।

Leave A Comment

Related Post